आइतबार, जेठ २४, २०८३

ताइवानमाथि चीनको बढ्दो दबाब

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

ताइपेई- ताइवानमाथि निरन्तर सैन्य एवं कूटनीतिक दबाब बढाएको चीनले अब मनोवैज्ञानिक दबाब पनि बढारहेको छ। स्वशासित ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा लिएको बेइजिङले ताइपेइमाथि पुनः  नियन्त्रण कायम गर्ने मनसुवा निरन्तर व्यक्त गर्दै आएको छ। 

National life

चीनका राष्ट्रपति सी चिनफिङले ताइवानसँग पुनःएकीकरण हुनैपर्नेमा जोड दिँदै आउनुभएको छभने  देशको पुरानो प्रान्तलाई मुख्यभूमिमा गाभ्न आवश्यक परेमा बल प्रयोग गर्न पछि नपर्ने चेतावनी पनि दिँदै आएको छ। यद्यपि आफ्नै संविधान र प्रजातान्त्रिक रूपमा निर्वाचित सरकार भएको ताइवानले आफूलाई चिनियाँ मुख्य भूमिभन्दा पृथक मान्दै आएको छ। 

चीनले आइतबार बिहानैदेखि ताइवान वरिपरि २८ वटा लडाकु विमान उडाएको छ। ताइवानी  अधिकारीहरूका अनुसार अधिकांश ती विमानले ताइवान र चीनको मुख्य भूमिलाई छुट्याउने जलमार्गको मध्य रेखा पार गरेर स्वशासित टापुको दक्षिणपूर्व र दक्षिणपश्चिम हवाई प्रतिरक्षा  क्षेत्रमा प्रवेश गरेका छन्। 

चीनले लामो दूरीका अभ्यास र तालिम ‘मिसन’सञ्चालन गरिरहेको तथा तिनले ताइवानी रक्षा स्थितिको निगरानी गरिरहेका ताइवानको रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ। पछिल्ला चिनियाँ गतिविधिले बेइजिङ र ताइपेईको सम्बन्ध अनपेक्षितरुपमा चिसिएको छ। 

गत हप्ता साता पनि चिनियाँ लडाकु विमान र जहाज ताइवानी जलक्षेत्र र आकाशमा बारम्बार उडाइएका थिए। बेइजिङले यस महिना ताइवान ‘स्ट्रेट’बाट संयुक्त राज्य अमेरिका र क्यानडाका दुईवटा जहाज पार भएपछि बेइजिङले आफ्ना सेनाहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको बताइएको छ। ताइवानको रक्षा मन्त्रालयले गत बुधबार र बिहीबार बिहान पनि टापुको वरिपरि ६८ चिनियाँ विमान र १० नौसैनिक जहाज निरन्तर उडाएर निगरानी गरेको बताएको थियो। गत डिसेम्बर प्रायः दैनिक रुपमा चीनले ७० भन्दा बढी लडाकु विमान ताइवान वरपर उडाएको थियो। 

Shivam cement

गत अप्रिलमा ताइवानका राष्ट्रपति साई इङ्गवेनले क्यालिफोर्नियामा अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि बेइजिङले ताइपेईमाथि एक किसिमको घेराबन्दी गरेर सैन्य अभ्यास गर्दै आएको छ। अमेरिकासँग नजिक रहेको ताइपेईमाथिको बेइजिङको दबाब सामान्य भएको सैन्य विश्लेषकहरू बताउँछन्। 

प्रकाशित: Sep 17, 2023| 22:00 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्