बिहीबार, साउन ७, २०८३

अपरेसन गरेर जनरल वार्डमा सारेपछि सुत्केरीको मृत्यु

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको ज्यान गएपछि तनाव उत्पन्न भएको छ। वीरेन्द्रनगर–४ सुर्खेतकी ३० वर्षीया जानकी रेग्मी अधिकारीको सुत्केरी भएको २४ घण्टापछि मृत्यु भएको हो।

सुत्केरी व्यथाले च्यापेपछि अस्पताल भर्ना भएकी जानकीको शल्यक्रिया गरेर बच्चा निकालिएको थियो।

जनरल वार्डमा सारेको भोलिपल्ट सुत्केरीको मृत्यु भएपछि पीडित परिवारले अस्पतालको लापरवाहीका कारण ज्यान गएको आरोप लगाएका छन्।

अस्पतालले मृत्युको कारण खुलाएको छैन। एक्कासि सास फेर्न गाह्रो भएपछि आईसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको र पोष्टमार्टमपछि मात्रै कारण खुल्ने अस्पतालको भनाइ छ।

 

प्रकाशित: Sep 17, 2023| 13:27 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कर्णालीका सडक चाडबाडमा झन् 'ज्यानमारा'

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ।

दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

छुट्टाछुट्टै घटनामा मृत्यु भएका बालकका आफन्तले संयुक्त रूपमा वीरेन्द्रनगर बजारमा आन्दोलन गरिरहेका छन्।