शनिबार, असार १४, २०८२

अमेरिकी उपराष्ट्रपति ह्यारिसको जीवनी पुस्तक नेपालीमा पनि

 |  आइतबार, भदौ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

vianetvianet

अमेरिकी उपराष्ट्रपति कमला हृयारिसको जीवनी नेपाली भाषामा अनुवादित भएको छ। ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ शनिबार काठमाडौंमा सार्वजनिक गरिएको हो। अनुवादक विप्लव प्रतीक, लेखक-अनुवादक सगुना शाह तथा प्रकाशन संस्था वी रीडकी सीईओ सुनिती अमात्यले पुस्तक विमोचन गरे। 

पुस्तकले एक अधिकारकर्मी, सामाजिक न्यायकी अभियन्ता, क्यालिफोर्नियाकी सिनेटर एवं उपराष्ट्रपति हृयारिसलाई नजिकबाट चिनाउँछ। जमैकेली बुबा र दक्षिण भारतीय आमाकी छोरी हृयारिसले समानता र राज्य प्रणाली सुधारका लागि गरेका संघर्षका प्रेरणादायी गाथा यसमा समेटिएको छ। हृयारिसको बुबाआमाबीच पारपाचुके भएपछि आमा श्यामलाले कसरी आफ्ना दुई छोरीलाई हुर्काइन्, दीक्षित गरिन् र सत्यको जगमा उभिएर दुनियाँ देखाउने मार्ग रोजिन् भन्ने कुरा किताबमा छ।

अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिमात्रै नभई उनी पहिलो अश्वेत उपराष्ट्रपति पनि हुन्। अमेरिकी जनताले सामना गरेका विविध चुनौतीलाई हृयारिसले अवलोकन गरेकी छन्। आफ्नो करिअर र आफूलाई प्रेरित गर्ने मानिसका काममार्फत कडा मेहनत र सुझबुझका साथ उनले हासिल गरेका ज्ञान र अन्तरदृष्टिलाई चित्रित गर्दै संघर्ष, उद्देश्य, जीवनमूल्यको तस्बिरलाई उनले विश्वसमक्ष बाँडेकी छन्। 
 

प्रकाशित: Sep 17, 2023| 06:25 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्