मंगलबार, मंसिर २३, २०८२

दाँतको बीचमा खाली हुने मानिस कस्ता हुन्छन् ?

 |  बुधबार, भदौ २७, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बुधबार, भदौ २७, २०८०

सामुद्रिक शास्त्रका अनुसार जुन मानिसहरुको दाँतको बिचमा खालि भाग हुन्छ उनीहरुको भाग्यफल तथा स्वभाव कस्तो हुन्छ भनेर एक प्रकारको टिप्पणी गरेको छ ।

National life

शास्त्रको मान्यता अनुसार शरीरको माथि देखि तल सम्मको शरीरको बनावट हेरेर नै सबै कुराहरु पत्ता लगाउन सकिने बताइएको छ ।

जस्तै उनिहरुको स्वभाव, चरित्र तथा भुतकाल तथा बर्तमान र भविष्यको अन्दाज लगाउन सकिने बताइएको छ । आजको श्रृङखलामा दाँतको बिच भागमा खालि ठाँउ हुने मानिसहरुको भाग्य तथा स्वभाव कस्तो हुन्छ सो कुरा पढ्न सक्नु हुनेछ । मिलेका तथा चम्किला दाँत हुने मानिसहरुको भाग्यफल कस्तो हुने ।

सामुद्रिक शास्त्रका अनुसार जुन ब्यक्तिका दाँत समान रुपका तथा चम्किला छन्, त्यस्ता ब्यक्तिहरु सुख संग जिवन ब्यतित गर्ने खालका हुन्छन् ।

ज्योतिष शास्त्रका अनुसार पनि मिलेका र चम्किला दाँत हुनेहरुको जिवन शैलि शुखमय तरिकाले ब्यतित हुन्छ भन्ने कुरा उल्लेख गरेको छ । यस्ता ब्यतिरुलाई कुनै पनि प्रकारको समस्या पर्दैन र यस्ता मानिसरु पैसा खर्च गर्ने बिषयमा एकदमै सावधानी अपनाउछन् र तिक्ष्ण दिमाग भएका हुन्छन् ।

Laxmi sunrise bank
kumari

दांतको बिचमा खालि हुनेहरु भाग्यमानी हुन्छन् । ज्योतिष शास्त्रका अनुसार जुन मानिसहरुको दांत को बिचमा खालि भाग हुन्छ त्यस्ता मानिसहरु बुद्धिवान तथा उर्जावान हुन्छन्, यस्ता मानिसहरु आफ्नो बुद्धी बिवकले परिश्रम गरि जिवनमा धेरै प्रगती गर्ने हुन्छन् ।

तर उनिहरुलाई जिवनमा धेरै कठिनाईरु आइपर्ने हुन्छ तर पनि त्यस्ता क्षणहरु पार गर्दै अघि बढ्न सक्छन् ।

यस्ता मानिसहरु खुला बिचार भएका हुन्छन्, आफ्नो मनको कुरा अरुलाई भन्न लाज मान्दैनन्, सुन्दरताको बिषयमा अति सजग हुनुका साथै खाना पीनमा अत्यन्तै शौखिन हुन्छन् ।

यस्ता ब्यक्तिहरुलाई सजिलैसंग झुक्याउन सकिँदैन तथा पैसाको बिषयमा अरु भन्दा चतुर हुन्छन् ।

 

प्रकाशित: Sep 13, 2023| 19:09 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्