बुधबार, मंसिर २०, २०८०

कृषि गणना २०७८

खेतीपातीमा संलग्न परिवार ४० लाख

कृषि गणनाअनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषि गणनाले यस्तो कृषक परिवारको संख्या ७१ प्रतिशत देखाएको थियो।
 |  शुक्रबार, भदौ २२, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले हरेक १० वर्षमा हुने कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक गरेको छ। कृषि गणना २०७८ हाल अनुसार ३९ लाख ९९ हजार घरपरिवार खेतीपाती संलग्न रहेको देखिएको हो।

sagarmatha cement

तथ्यांकअनुसार १ लाख ३२ हजारले पशुपक्षी मात्र पाल्ने गरेको पाइएको छ। २०६८ को विवरणअनुसार ३७ लाख १६ हजार परिवार खेतीपातीमा र १ लाख १६ हजार पशुपक्षीपालनमा सक्रिए थिए।

कृषि गणना २०७८ ले नेपालमा कृषि कार्यका लागि ट्रयाक्टर प्रयोग गर्नेको संख्या दोब्बर भएको देखाएको छ। कृषिगणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यका लागि ट्रयाक्टर प्रयोग गरेको देखाएको थियो भने कृषिगणना २०७८ ले यो संख्या झन्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको हो।

गणना अवधिमा ४ लाख ७१ ह्जार २६० कृषक परिवारले कृषिकार्यका लागि पावरटिलर प्रयोग गरेको र १ लाख १७ हजार ९९१ वटा पावरटिलर सञ्चालनमा रहेको देखिएको छ।

कृषक परिवारले प्रयोग गरेका फलामे हलोको संख्यामा उल्लेखनीय  गिरावट आएर ८५६, २८३ बाट ५०९.८२५ वटा पुगेको छ। कृषिगणना २०७८ मा ४२,००८ कृषक परिवारले ४८,७६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ। माछापालन गरिएका पोखरीको कुल क्षेत्रफल १०,३८३ हेक्टर रहेको कृषि गणनामा उल्लेख छ।

अघिल्लो कृषिगणना २०६८ ले यस्ता कृषक परिवारको संख्या १७,१९१, पोखरीको संख्या २१,२७७ र पोखरीको जम्मा क्षेत्रफल २,५१९.७ हेक्टर देखाएको थियो।
कृषि गणनामा १७,५५४ कृषक परिवारले च्याउ खेती गरेको देखाएको छ। गणनाको प्राप्त नतिजाअनुसार १,९६,८५४ कृषक परिवारले ५, १०,४१४ वटा घारमा मौरीपालन गरेको पाइएको छ।

अघिल्लो कृषि गणना २०६८ को नतिजाअनुसार मौरीपालन गर्ने कृषक परिवारको संख्या १२४,१५० पाइएको थियो।

कृषि गणनामा १०,३७५ कृषक परिवारले ५९७.७ हेक्टर जग्गामा पुष्प खेती, नर्सरी खेती गरेको देखाएको छ। कृषिगणना २०७८ अनुसार ४,८३,२०८ (११.७ प्रतिशत) कृषक परिवारले कृषि प्रयोजनको लागि ऋण लिएको बताएका छन् भने २०६८ को गणनामा यस प्रकारको ऋण लिएको भनी उल्लेख गर्ने कृषक परिवार ८,३५,९२१ (२१.८ प्रतिशत) रहेको देखाइएको थियो।

नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ। कृषि गणना २०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ कृषि परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ। अघिल्लो कृषिगणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको दिएको थियो।

कृषि गणनाअनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषि गणनाले यस्तो कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो।

यो कृषि गणनाले यस्ता कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखिएको छ। अघिल्लो कृषिगणना २०६८ मा यो संख्या क्रमशः १ करोड २० लाख ९६ हजार ४१७ र ३.२ रहेको देखाएको थियो।

कृषक परिवारले १२ लाख ९ हजार २६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखिएको छ। कृषक परिवारअन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको कृषि गणना २०७८ मा देखाइएको छ। अघिल्लो कृषिगणना २०६८ मा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो।

सिञ्चित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल आठ लाख ७९ हजार ५७० हेक्टर (७२.७ प्रतिशत) रहेको यो गणनाले औंल्याएको छ।

२०१८ देखि हरेक १०–१० वर्षमा कृषि गणना गर्दै आएको राष्ट्रिय तथ्यांक कार्यालय (साविकको केन्द्रीय तथ्यांक विभाग)ले १ चैत २०७८ देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी ६ वैशाख २०७९ देखि १९ जेठसम्म सातौं राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्यांक संकलन गरिएको थियो।

तीनै तहका सरकारलाई आवश्यक कृषिसम्बन्धी तथ्यांक उपलब्ध गराउने उद्देश्यले कृषि गणनाको सार कृषि योजनाको पूर्वाधार नारासहित थालिएको राष्ट्रिय कृषि गणना २०७८ संघीयतापछिको पहिलो हो।

विगतका कृषि गणनामा जिल्लास्तरसम्मका कृषि तथ्यांक मात्र प्रकाशन हुँदै आएकामा यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्यांक संकलन गरी प्रकाशन गरिएको छ।

प्रकाशित: Sep 08, 2023| 08:44 शुक्रबार, भदौ २२, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्