बुधबार, असोज ८, २०८२

इमेज बचत सहकारीमा डेढ अर्ब बढी रकम अपचलन

ढोरपाटनका मेयरविरुद्ध रेडकर्नर नोटिस जारी

इमेज बचतका अध्यक्षसमेत रहेका मेयर नेपाली ५ जेठदेखि सम्पर्कविहीन भएपछि प्रहरीको सहयोगमा रेडकर्नर नोटिस जारी गरिएको हो। 
 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

काठमाडौं– इमेज बचत तथा ऋण सहकारी खोलेर डेढ अर्ब बढी बचतकर्ताको रकम लिई फरार भएका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ। इमेज बचतका अध्यक्षसमेत रहेका मेयर नेपाली ५ जेठदेखि सम्पर्कविहीन भएपछि प्रहरीको सहयोगमा रेडकर्नर नोटिस जारी गरिएको हो। 

Kumaribank

इमेज बचतको मुख्य कार्यालय बागलुङ र पोखरामा पनि शाखा सञ्चालन गरी मेयर नेपालीले बचतकर्ताको रकम लिएर फरार भएका हुन्। मेयर नेपालीले बचतकर्ताको अर्बौं रकम लिएर फरार भएपछि उजुरी आह्वान गरिएको र सोही आधारमा प्रहरीले अनुसन्धान गरी मुद्दा दर्ता गरेर सुनुवाइ भइरहेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन्।

ढोरपाटन–१ घर भएका मेयर नेपालीसहित ११ जना सञ्चालकविरुद्ध २५ असारमा बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। देवकुमार नपरेपछि  रेडकर्नर नोटिस जारी गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन केसीको भनाइ छ।

मेयर देवकुमार सम्पर्कविहीन भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इमेज सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यत्रय चित्रबहादुर भण्डारी, रुपा विक र झगबहादुर शाहीविरुद्ध अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई १६ जेठमा पत्राचार गरेको थियो।

मेयर नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १ हजार ४८१ जनाले उजुरी दिएका छन्। बागलुङमा मात्रै सहकारीले ८ सय सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको डेढ अर्ब बढी रुपैयाँ बचत अपचलन गरेको प्रारम्भिक छानबिनले देखाएको छ।

Metro Mart

प्रकाशित: Sep 07, 2023| 11:13 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्