मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वाईवाई इन्डियाको ब्रान्ड एम्बेसडरमा अभिनेता आयुस्मान खुराना

वाईवाई इन्डियाको ब्रान्ड एम्बेसडरमा अभिनेता आयुस्मान खुराना

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

वाईवाई इन्डियाको ब्राण्ड एम्बेसडरमा बलिउड अभिनेता आयुस्मान खुराना नियुक्त भएका छन्। चौधरी ग्रुप अन्तर्गत सिजी कर्प ग्लोबलको सिजी फुड्सले अभिनेता खुरानालाई वाईवाई चाउचाउको नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो।

National life

ब्रान्ड एम्बेसडर भएपछि उनले वाईवाई जस्तो ब्रान्डसँग जोडिन पाउनु खुसिको कुरा रहेको बताए। उनले भने, ‘युवापुस्ताको मनमा २५ वर्षदेखि बस्न सफल वाईवाई चाउचाउ जस्तो लोकप्रिय ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ।’

सिजीसँग जोडिनका लागि आफू वाईवाईको नामले तानिएको उल्लेख गर्दै उनले भने, ‘वाईवाईको गजबको स्वादका कारण संसारका धेरै देशमा धेरैको मनमा बस्न सफल छ। वाईवाई ब्रान्ड नेम नै काफी छ।’

सिजी फुड्सको उत्पादन वाई वाई चाउचाउ २५ वर्षदेखि स्वाद पारखीका लागि नामुद छ। उसको उत्कृष्ट स्वादले सबैलाई आकर्षित गरिरहेको सिजीले जनाएको छ। सिजी फुड्स तथा सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले आयुष्मान खुरानासँगको सहकार्य आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताए।

‘छोटो समयमा हामीले सहकार्यलाई मूर्तरुप दिन सकेका छौं। यो सहकार्य एकदमै जटिल समयमा आएको छ। जुन समयमा मेरो लक्ष्य एक्सपोनेन्सियल ग्रोथमा मात्रै सीमित छैन’ उनले भने।

 

प्रकाशित: Sep 06, 2023| 17:46 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्