मंगलबार, वैशाख २९, २०८३

शाइन रेसुंगा विकास बैंकको ‘फन्ड ट्रान्सफर अफर’

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

शाइन रेशुंगा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

National life

यो अफरअन्तर्गत दुई जना मोबाइल बैंकिङका प्रयोगकर्ताले एउटा स्मार्टफोन जित्न सक्नेछन्। अफरमा सहभागी हुनको लागि बैंकको एपबाट कनेक्ट आईपीएस छनोट गरी ‘फन्ड ट्रान्सफर’ गर्नुपर्ने हुन्छ।

भदौ १५ गते सुरु भएको योजना असोज १४ गतेसम्म लागू हुनेछ। यो अवधि सकिएपछि विजेता छनोट हुने बैंकले जनाएको छ।

हाल मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएसमार्फत प्रतिदिन ३ लाख रुपैयाँसम्म रकमान्तर गर्न सकिन्छ। शाइन रेशुंगा डेभलपमेण्ट बैंकका ३ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन्। बैंकले ८८ वटा शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र १६ वटा एटीएममार्फत सेवा दिँदै आइरहेको छ।

 

प्रकाशित: Sep 06, 2023| 17:43 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्