शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाका सेवामा छुट पाउने भएका छन्। त्यसका लागि बैंकले उक्त संस्थाहरूसँग सम्झौता गरेको छ।

बैंकले स्वास्थ्य, श्रृगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी ग्राहकलाई सुविधा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको बताएको छ। बैंकका डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ग्राहकले छुट पाउने छन्।

बैंकका अनुसार जनकपुरधाम–९ मा रहेको नवजीवन हस्पिटलका सेवामा ग्राहकले १५ प्रतिशत, सो हस्पिटलको फार्मेसी सेवामा ७ प्रतिशत, अन्य परिक्षण लगायतमा २० प्रतिशत र कस्टमाइज्ड हेल्थ प्याकेजमा २ हजार रुपैयाँ छुट पाउने छन्।

त्यस्तै हेटौँडा–४मा रहेको क्राउन कलेक्सनमा महिलालाई १० प्रतिशत छुट हुने बैंकले जानकारी दिएको छ। त्यस्तै सिद्धार्थनगर–५ भैरहवामा रहेको न्यु बिजी बिन्सको फुड तथा वेभरेजमा १० प्रतिशत र मकवानपुरकै मनहरी–७मा रहेको मनहरी हियर एण्ड युनिसेक्स स्यालुनको ब्युटी सर्भिसमा १० प्रतिशत र कोटेश्वरमा रहेको हुक हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने बैंकले बताएको छ।

 

प्रकाशित: Sep 06, 2023| 17:42 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्