मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई समूहले कालीगण्डकीमा १५२ मेगावाटको आयोजना बनाउने

आइएमई समूहले कालीगण्डकीमा १५२ मेगावाटको आयोजना बनाउने

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

आइएमई समूहद्वारा प्रवद्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत खरिदविक्री सम्झौता भएको छ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले खरिद विक्री सम्झौतामा हस्ताक्षर गरेका छन्।

National life

अहिले ५८ मेगावाट क्षमताको विद्युत् खरिदविक्री सम्झौता भएको छ। आयोजनाको क्षमता वृद्धि गरी ८६ मेगावाट कायम गर्न विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त भएकाले बाँकीको पनि छिट्टै खरिदविक्री सम्झौता गरिने छ।

आयोजना म्याग्दीको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकामा पर्छ। यसलाई मध्य कालीगण्डकी जलविद्युत् आयोजना र मिस्त्री खोला–२ आयोजनाको क्यास्केड आयोजनाको रूपमा विकास गरिएको छ। आयोजनास्थलमा राजमार्गको पहुँच छ र प्रसारण लाइनसमेत बनिसकेको छ।

प्राधिकरणले आयोजनाबाट उत्पादित विद्यत् सुख्खायाममा ८.४० रुपैयाँ प्रतियुनिट र वर्षायाममा ४.८० रुपैयाँ प्रतियुनिटका दरले खरिद गर्नेछ। आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गत दाना सबस्टेशनमा जोडिने छ। आयोजनाको कुल लागत ३३ अर्ब १४ करोड रुपैयाँ रहेको छ। आयोजनामा स्वपुँजी लगानी आइएमई समूहलगायतबाट हुनेछ भने वित्तीय व्यवस्थाको लागि नबिल बैंक लिमिटेडको अगुवाइमा प्रक्रियामा रहेको छ।

आइएमई समूहबाट प्रवद्धित र हाइड्रो सपोर्ट प्रालिबाट निर्माण भइरहेको ६६.३ मेगावाट क्षमताको माथिल्लो मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिदविक्री सम्झौता यसअघि नै भइसकेको छ।
दुवै आयोजना २०८६ असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

 

प्रकाशित: Sep 06, 2023| 17:39 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्