बुधबार, असोज ८, २०८२

यामाहाको ‘राइड टु मोटोजीपी’ घोषणा

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

यामाहा नेपालले ‘राइडटुमोटोजीपी’ इभेन्ट घोषणा गरेको छ। भारतमा पहिलोपटक मोटोजीपी आयोजना हुने अवसरमा यामाहा नेपालले पनि उक्त इभेन्ट घोषणा गरेको हो। नेपाली मोटरसाइकलको इतिहासमै पहिलोपटक यामाहा नेपालले दश जना यामाहा राइडरहरूलाई आठ दिनका लागि मोटरसाइकल यात्रामा काठमाडौँदेखि बुद्धइन्टरनेसनल सर्किट, नोएडासम्म मोटोजीपी हेर्न भारत लैजाने भएको हो।

Kumaribank

२० सेप्टेम्बरदेखि ब्लू स्क्वायर नक्सालबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ। त्यहाँबाट पुन: काठमाडौँ फर्की यात्रा सम्पन्न गर्ने कम्पनीको भनाइ छ। छानिएका यामाहा राइडरहरूले मोटोजीपी इन्डियामा अभ्याससत्र, क्वालिफायर हुँदै रेससम्मको रेसिङ अवलोकनको अनुभव प्राप्त गर्ने कम्पनीको भनाइ छ।

मोटोजीपी भारतमा २२ सेप्टेम्बरदेखि २४ सेप्टेम्बरसम्म हुँदैछ। यामाहाका स्पोर्ट्स मोटरसाइकल र मोटोजीपीप्रति यामाहाका राइडरहरूको उत्साहलाई मनन् गर्दै ‘राइडटुमोटोजीपी’ कोइभेन्ट तयार गरिएको हो।

यसमा सहभागिताका लागि यामाहा नेपालले एक माइक्रोसाइट बनाएको छ। उक्त साइटमा गएर यामाहा राइडरहरूले पहिलो चरणको दर्ताका लगि आफ्ना प्रारम्भिक विवरणहरू पठाउन सक्नेछन्।

पहिलो चरणको दर्ता कार्यक्रम सेप्टेम्बर ९ सम्म रहने कम्पनीले बताएको छ। दर्तापछि यामाहाले अर्को राउन्डको छ्नोट प्रक्रिया अघि बढाउनेछ।

Metro Mart

 

प्रकाशित: Sep 06, 2023| 17:39 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्