मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राजेशबाबु श्रेष्ठ एसियन बडिबिल्डिङको उपाध्यक्षमा चयन

राजेशबाबु श्रेष्ठ एसियन बडिबिल्डिङको उपाध्यक्षमा चयन

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

National life

मनकामना केबलकारका सञ्‍चालक राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपाध्यक्ष चयन भएका छन्। काठमाडौंमा सम्पन्‍न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका चार नेपालीलाई विभिन्‍न ओहदामा चयन गरेको हो।

इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेसनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेसन उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनित गरेको हो। राजेशबाबु श्रेष्ठको उपाध्यक्षमा सबै निर्वाचित सदस्यहरुको कार्यावधि ४ वर्षको हुनेछ।

 

प्रकाशित: Sep 06, 2023| 17:38 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्