शनिबार, मंसिर १३, २०८२

चार दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा

पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालनमा आएको छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

म्याग्दी- पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालनमा  आएको छ। 

National life

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएपछि गत शुक्रबारदेखि अवरुद्ध भएको थियो।

वर्षाका कारण ढुङ्गा, माटो र लेदोसहितको पहिरो  खसेर बन्द भएको सडकको अवरोधलाई हटाएपछि सोमबार साँझदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभिरलगायतका स्थानमा पहिरो गएकाले शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका गाउँहरुमा जान हिँडेका यात्रु समस्यामा परेका थिए। सडक खुलेसँगै बीच बाटोमा अलपत्र परेका यात्रु र सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।

बन्द सडक खुले पनि पहिराको जोखिम भने कायमै रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए। वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने क्रम भने रोकिएको छैन। यात्रु तथा सवारी साधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक गुरुङले बताए। रासस

प्रकाशित: Jul 27, 2021| 11:50 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।