बुधबार, असोज ८, २०८२

बागमती सरकारले ६ वर्षमा बनायो ९५ पुल

बागमतीको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निकायद्वारा प्रदेशका १३ जिल्लामा पुल निर्माण गरिएका हुन्।
 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

काठमाडौं– बागमती प्रदेश सरकारले ६ वर्षे अवधिमा प्रदेशका विभिन्न स्थानमा ९५ पुल निर्माण गरेको छ। यातायात सेवा सहज गर्न  पुल निर्माण गरिएका हुन्।

Kumaribank

बागमतीको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निकायद्वारा प्रदेशको १३ जिल्लामा पुल निर्माण गरिएका हुन्। २०७४ यता प्रदेश सरकारले ती पुल निर्माण सम्पन्न गरेको हो।

६ वर्षदेखि भौतिक पूर्वाधार कार्यालयबाट पक्की पुल, झोलुुंगे पुल, सडक ढलान, कालोपत्रेसहित सडक स्तरोन्नति, सडक मर्मत सम्भारलगायत काम भइरहेका मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले जानकारी दिए।

गत आवमा सो मन्त्रालयअन्तर्गतका निकायबाट २६ पुल निर्माण भएका थिए। प्रदेशमा विगत ६ वर्षमा १३ झोलुंगे निर्माण गरिएका छन्। मन्त्रालयले गत आवमा २८१ किमिसहित हालसम्म कुल १ हजार ४३ किमि सडकको नयाँ ट्रयाक खोल्ने काम गरेको  प्रवक्ता सिंहले बताए।

गत आवसम्म पटके मर्मत–सम्भारतर्फ धुलो सडक १ हजार पाँच सय ८४ किमि मर्मतसम्भार गरिएको छ। गत आवसम्म हेरालुमार्फत १ हजार १७ किमि मर्मत–सम्भार, ९ सय ३८ किमि सडक ग्राभेल स्तरोन्नति तथा ६ सय ८० किमि सडक कालोपत्रसहित स्तरोन्नति गरिएको प्रवक्ता सिंहले जानकारी दिए।

Metro Mart

प्रकाशित: Sep 05, 2023| 17:40 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्