मंगलबार, वैशाख २९, २०८३

६.४५ अंकले घट्यो नेप्से

 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६१ दशमलव ३७ मा सीमित भएको छ।

National life

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ७७ दशमलव २४ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।

विभिन्न कम्पनीका २४ लाख ८० हजार नौ सय २९ कित्ता शेयर रु ७९ करोड ६८ लाख ७० हजार चार सय आठ मूल्यमा खरिद बिक्री भएका छन्। नेप्सेका अनुसार, कारोबारका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु सात करोड ५८ लाख ९७ हजार सात सय ९३ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा साल्ट टे«डिङ कर्पोरेसन रु दुई करोड ९५ लाख ८५ हजार चार सय ६५, आइएमई लाइफ इन्स्योरेन्स रु दुई करोड ८२ लाख ४१ हजार सात सय ५४, घोराही सिमेन्ट रु दुई करोड ८० लाख ४५ हजार पाँच सय ७० र एभरेष्ट बैंक रु दुई करोड ३६ लाख २९ हजार तीन सय २१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। नेरुडे लघुवित्त नौ दशमलव ८५, इन्ग्वा हाइड्रोपावर सात दशमलव ३२, साञ्जेन जलविद्युत् कम्पनी छ दशमलव ४८ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ३९ प्रतिशतले कमाएका छन्।

त्यस्तै, आरबिबी म्युचुअल फन्ड  १०, लिबर्टी इनर्जी नौ दशमलव ९८, आशा लघुवित्त सात दशमलव ६१, आत्मनिर्भर लघुवित्त सात दशमलव १९ र बाराही हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ४७ प्रतिशतले गुमाएका छन्।

प्रकाशित: Sep 05, 2023| 16:08 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्