शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिहे गरे अमिसा र योजनाले, टेष्ट ट्युबबाट सन्तान जन्माउने

बिहे गरे अमिसा र योजनाले, टेष्ट ट्युबबाट सन्तान जन्माउने

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

टिकटक चलाउनुहुन्छ भने यी दुई युवतीलाई पक्कै देख्नुभएको होला। यिनीहरु अहिले सोसल मिडियामा भाइरल नै भएका छन्। कारण- यी दुई युवती दम्पती हुन्। हो, यिनीहरुले बिहे गरेका छन्। 

National life

सल्यानका दुई युवतीले बिहे गरेका हुनु। जिल्लाको बागचौर नगरपालिका-१ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र वडा नम्बर ८ कोटमौलाकी योजना केसीबीच विवाह भएको हो।

तीन वर्षदेखि आफूहरु प्रेम सम्बन्धमा रहेको बताउने उनीहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेका छन्। आपसी समझदारीमा योजना अहिले अमिसाको घरमा गएर बस्दै आएकी छन्। उनीहरुका अनुसार अमिसा श्रीमान् हुन् भने योजना श्रीमती।

माया बसेकै कारण विवाह गरेको उनीहरुले बताइरहेका छन्। ‘हामीहरु दुवै केटी नै हौं। तेस्रो लिंगी पनि होइनौं हामी। भाइरल हुनलाई पनि विवाह गरेका होइनौं, माया बसेर नै विवाह गरेका हौँ,’उनीहरु भन्छन्। 

घरपरिवारले नमानेका कारण मन्दिरमा गएर सिन्दुर-पोते लगाएको र अब घरमै विधि पुरा गरेर खुला रूपमा विवाह गर्ने तयारी भएको उनीहरुले बताएका छन्। उनीहरुको बिहेलाई एउटा परिवारले मानेको छ भने अर्कोले इन्कार गरिरहेको छ। दुवै स्थानीय जनकल्याण क्याम्पस थारमारेमा अध्ययनरत विद्यार्थी हुन्।

kumari

तीन वर्षको प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका यी जोडीको योजना टेष्ट ट्युब प्रविधिबाट सन्तान जन्माउने छ।

प्रकाशित: Sep 03, 2023| 10:14 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्