मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेजनको अध्यक्षमा सुजन ओली र उपाध्यक्षमा विनय बन्जारा विजयी 

सेजनको अध्यक्षमा सुजन ओली र उपाध्यक्षमा विनय बन्जारा विजयी 

 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज (सेजन) को शनिबार भएको कार्यसमिति निर्वाचनबाट अध्यक्षमा सुजन ओली र उपाध्यक्षमा विनय बञ्जारा विजयी भएका छन्। 

National life

शनिबार भएको निर्वाचनमा अध्यक्षमा विजयी भएका सुजनले ९९ मत ल्याए भने उनका प्रतिद्वन्द्वी शिरोमणी ढुंगानाले ९६ र सरस्वती ढकालले ५६ मत ल्याइन्। 

त्यसैगरी उपाध्यक्षमा विजयी विनय बन्जाराले १३५ मत ल्याए भने उनका प्रतिद्वन्द्वी भागवत भट्टराईले ११५ मत ल्याए। महासचिवमा भने गोरखापत्र दैनिकका विश्वास रेग्मी सर्वसम्मत भएका छन्।

सचिवमा शोभित थपलिया १०६ मतसहित विजयी भएका छन् भने कोषाध्यक्षमा १६० मतसहित अच्युत पुरी विजयी भएका छन्। 

पाँच जना कार्यसमिति सदस्यमा केशु लामिछाने, हेमन्त राज जोशी, ममता थापा, वसन्तराज उप्रेती र छवि सापकोटा विजयी भएका छन्। 

प्रकाशित: Sep 02, 2023| 21:17 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्