सोमबार, असार २३, २०८२

गाँजा किन्‍न जाँदा विवाद, एक जनाको हत्या

 |  शनिबार, भदौ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

vianetvianet

काठमाडौं- काभ्रेपलाञ्चोकमा हत्याको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–८ का २६ वर्षीय सुजन उप्रेती छन्।

काठमाडौंको काँडाघारीमा बस्दै आएका दोलखाकै मेलुङ गाउँपालिका–१ का २८ वर्षीय निर्मल बुढाथोकीको हत्याको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। गएको बुधबार काठमाडौंको ढल्कुबाट उप्रेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसको अघिल्लो दिन मंगलबार बिहान काभ्रेको बेथानचोक गाउँपालिका–२, ढोलखोलामा बुढाथोकीको शव फेला परेको थियो। घटना अनुसन्धानका क्रममा उप्रेतीको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ।

उनीहरू लागुऔषध गाँजा किन्नका लागि बेथानचोक गएको प्रहरीले पत्ता लगाएको छ। सोही क्रममा आपसी विवाद भएको र उप्रेतीले बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ।

उनीहरू बेथानचोकस्थित तीर्थराज तिमल्सिनाको घरमा बास बसेका थिए। प्रहरी टोलीले तलासी गर्दा तिमल्सिनाको घरबाट उप्रेतीको झोला, पासपोर्ट र गाँजाजस्तो देखिने पदार्थ नौ केजी ७७ ग्राम फेला परेको थियो। प्रहरीले तिमल्सिनालाई समेतलाई नियन्त्रणमा लिएको छ।

जिल्ला अदालत काभ्रेबाट उप्रेतीविरुद्ध ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको छ। तिमल्सिनाविरुद्ध लागुऔषधसम्बन्धी कसुर मुद्दामा सात दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 02, 2023| 20:40 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्