मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बेपत्ता शिक्षकको अवस्था अज्ञात, खोजीका लागि प्रहरी परिचालन

बेपत्ता शिक्षकको अवस्था अज्ञात, खोजीका लागि प्रहरी परिचालन

 |  शनिबार, भदौ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

vianetvianet

बैतडी- विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका हुन्।

स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

भदौ ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका र उनले लगाएका चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेको छ। प्रहरी निरीक्षक केसीले भने,'बेपत्ता शिक्षकको अवस्था अज्ञात छ, खोजीका लागि प्रहरी परिचालन भएको छ, पत्ता लाग्न सकेको छैन।'

प्रकाशित: Sep 02, 2023| 15:54 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्