मंगलबार, असार २४, २०८२

मण्डनदेउपुरमा ८० नयाँ लघु उद्यमी तयार

नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षे अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो।
 |  शनिबार, भदौ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

vianetvianet

काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लद्यु उद्यमका लागि ८० नयाँ उद्यमी जनशक्ति तयार पारेको छ। नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षे अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो।

कार्यक्रमअन्तर्गत नगरपालिकाले विभिन्न समयमा सिलाइकटाइ, गलैँचा बुनाइ, ब्युटिसियन र मोटरसाइकल वर्कसपको एक–एक महिना तालिम प्रदान गरेको थियो।त्यसैगरी बाख्रापालन र तरकारी खेतीसम्बन्धी पाँच–पाँच दिनको तालिम सञ्चालन गरिएको थियो।

४० महिलाका लागि ‘एड्भान्स’ सिलाइकटाइ तालिमसमेत प्रदान गरिएको नगरपालिकाका रोजगार संयोजक एवं लघुउद्यम विकास कार्यक्रमका स्रोत व्यक्ति सुरज पौडेलले जानकारी दिए। गत आर्थिक वर्ष २०७९/८० मा उक्त कार्यक्रम नगरपालिकाका वडा–४, ५, ८ र १० मा सञ्चालन गरिएको थियो। 

नगरपालिकाका चार वडामा नयाँ सिर्जित उद्यमीलाई नगरप्रमुख टोकबहादुर वाइबा र उपप्रमुख विष्णुमणि नेपालले वडास्तरमै प्रमाणपत्र र प्रविधि हस्तान्तरण गरे। ‘सीपमूलक तालिमप्राप्त स्थानीयले व्यवहारमा उतार्न प्रतिबद्धता जनाउनुभएको छ, नगरपालिकामा नयाँ उद्यमी थपिएकामा खुसी छौं’, वाइबाले भने।  

उनले एक महिनाको सिलाइकटाइ तालिम पूरा गरेकालाई थप दुई महिनाको ‘एड्भान्स’ तालिम दिने तयारी भएको बताए। सिलाइकटाइ, गलैँचा बुनाइ र ब्यूटिसियन तालिममा महिला मात्र सहभागी थिए। नगरपालिकाले एड्भान्स तालिमको व्यवस्थापन गर्नेछ भने मेसिन खरिदमा साझेदारी गर्ने जनाएको छ। 

यस्तै, नगरले अब लघुउद्यम कार्यक्रमर्फत समाजमा पछिपरेका वर्ग र समुदायलाई पहिलो प्राथमिकताका दिइने जनाएको छ। नगरपालिकाले सिलाइकटाइ तालिममा सहभागी दुई जनाका लागि एक थानका दरले १८ मेसिन प्रदान गरेको छ। यस्तै चार थान गलैँचा बुन्ने मेसिन र एक सय लिटर क्षमताका १८ पानी ट्यांकीसमेत वितरण गरिएको छ।–रासस

प्रकाशित: Sep 02, 2023| 15:45 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्