मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • शरदऋतुमा हिमाल चढ्न २० देशका पाँच दर्जन बढीले लिए अनुमति

शरदऋतुमा हिमाल चढ्न २० देशका पाँच दर्जन बढीले लिए अनुमति

शुक्रबारसम्म दुई वटा हिमाल आरोहणका लागि अनुमति दिइसकेको विभागले जनाएको हो। 
 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

National life

काठमाडौं– पर्यटन विभागले शरद ऋतु (अटम सिजन) का लागि हिमाल आरोहण अनुमति दिन थालेको छ। शुक्रबारसम्म दुई वटा हिमाल आरोहणका लागि अनुमति दिइसकेको विभागले जनाएको हो। 

विभागबाट ८००० हजार मिटरमाथिको मनास्लु आरोहणका लागि ६ टिमका ६१ जना र ६ हजार ५९३ मिटरको रक्क्षा उराई आरोहणका लागि चार जनाले अनुमति लिएको विभागले बताएको छ। 

विभागले २० देशका ६५ जनालाई आरोहण अनुमति दिएको छ। आरोहण अनुमति पाउनेमध्ये सबैभन्दा बढी रसियाका १२, क्यानाडा र चीनका ६–६, स्वीट्जरल्यान्डका ५ र अन्य देशका ५ जनाभन्दा कम नागरिक रहेको विभागको भनाइ छ।

प्रकाशित: Sep 02, 2023| 15:20 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्