शुक्रबार, वैशाख २८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सेजन निर्वाचन: अध्यक्षमा तीनजनाको उम्मेदवारी, महासचिव सर्वसम्मत

सेजन निर्वाचन: अध्यक्षमा तीनजनाको उम्मेदवारी, महासचिव सर्वसम्मत

 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज (सेजन) को शनिबार हुने कार्यसमिति निर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन भएको छ।

triton college

अध्यक्षसहित पाँच पदाधिकारी र पाँच केन्द्रीय समिति सदस्यका लागि १८ जनाले उम्मेदवारी मनोनयन गराएका छन्। निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ।

यसअनुसार अध्यक्षमा सरस्वती ढकाल, शिरोमणि ढुंगाना र सुजन ओलीले उम्मेदवारी दिएका छन्। कारोबार दैनिककी वरिष्ठ संवाददाता तथा समाचार संयोजक ढकाल अघिल्लो कार्यकालमा उपाध्यक्ष निर्वाचित भएकी थिइन्।

नेपाल लाइभ टुडेका सम्पादक ढुंगाना भने दुई वर्षअघिको निर्वाचनमा अध्यक्षमै पराजित भएका थिए। क्यापिटल नेपालका संवाददाता ओली वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् भने अघिल्लोमा महासचिव थिए।

उपाध्यक्षमा हालका महासचिव भागवत भट्टराई र विनय बञ्जाराले उम्मेदवारी दिएका छन्। भट्टराई सेतोपाटी अनलाइन र बञ्जारा कान्तिपुर दैनिकमा कार्यरत छन्।

corrent noodles
Metro Mart

महासचिवमा भने गोरखापत्र दैनिकका विश्वास रेग्मी सर्वसम्मत भएका छन्।

सचिवमा नयाँ पत्रिका दैनिककी मुना कुँवर, क्लिकमाण्डुका शोभित थपलिया र द राइजिङ नेपालकी रञ्जु काफ्ले उम्मेदवार छन्।

कोषाध्यक्षमा अनलाइन खबरका अच्युत पुरी र नेपाल टेलिभिजनकी कमला अर्यालको उम्मेदवारी परेको छ।

पाँच जना कार्यसमिति सदस्यका लागि सात जनाको उम्मेदवारी परेको छ। उकालो डटकमकी केशु लामिछाने, कारोबार दैनिककी कौशिला कुँवर, नयाँ पत्रिकाका पवन तिमल्सिना, अन्नपूर्ण पोस्टकी ममता थापा, बिजमाण्डुका वसन्तराज उप्रेती, एनएनटिभीका छवि सापकोटा र राससका हेमन्तराज जोशीले सदस्यमा उम्मेदवारी दिएका छन्।

मतदान शनिबार मध्यान्ह १२ देखि अपराह्न चार बजेसम्म हुने र लगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: Sep 01, 2023| 18:11 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्