बुधबार, असोज ८, २०८२

सिटिजन लाइफले खुलायो आईपीओ

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यमा १४४ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गरेको हो।
 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि प्रिमियममा आईपीओ खुलाएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो।

Kumaribank

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यमा १४४ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको थियो। 

त्यसमध्ये ५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख ५० हजार बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीका लागि निष्कासन गरेको छ।

कम्पनीले बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको ९० लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन भइरहेको हो। आईपीओमा १९ भदौसम्म न्यूनतम १० देखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

Metro Mart

प्रकाशित: Sep 01, 2023| 12:14 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्