मंगलबार, असार २४, २०८२

७२ भूकम्पपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका 

प्रधानमन्त्री प्रचण्डले आगामी ५ असोजदेखि चीन भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएपछि उत्तरी छिमेकीले तातोपानी नाकाबाट सर्वसाधारणको आवागमन खुलाएको हो।
 |  शुक्रबार, भदौ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

vianetvianet

काठमाडौं– चीनसँगको जोडिएको तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुलाइएको छ।

२०७२ भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएको थियो। तीन महिनाअघि मालवाहक सवारीसाधन आउजाउ सुचारु हुँदै आएकामा आजदेखि सिन्धुपाल्चोकबासी र पारि तिब्बतका नागरिकका लागि आउजाउ खुलाइएको हो। 

चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकमा नाका आजदेखि सर्वसाधारणका लागि खुलाउने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए।

नाका खुलेपछि दुवै देशका नागरिक कोदारीस्थित अध्यागमन कार्यालयले उपलब्ध गराएको पासबाट आउजाउ गर्न सक्नेछन्। जिल्लाभित्रका नागरिकले पाउने पासको अवधि एक वर्षको हुनेछ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी ५ असोजदेखि चीन भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएपछि उत्तरी छिमेकीले तातोपानी नाकाबाट सर्वसाधारणको आवागमन खुलाएको हो।

प्रकाशित: Sep 01, 2023| 10:36 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्