मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन्स बैंकको कोल्हुवा शाखाले वितरण गर्‍यो कम्पोस्ट बिन

सिटिजन्स बैंकको कोल्हुवा शाखाले वितरण गर्‍यो कम्पोस्ट बिन

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

National life

सिटिजन्स बैंक इन्टरनेसनलको नवलपुरस्थित कोल्हुवा शाखाले प्लास्टिक कम्पोस्ट बिन वितरण गरेको छ। बैंकको सामाजकि उत्तरदायित्वअन्तर्गत नवलपुरको मध्यविन्दुस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई कम्पोस्ट बिन हस्तान्तरण गरेको हो।

खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुबासचन्द्र नेपाललाई सो सामग्री हस्तान्तरण गरको हो। कम्पोस्ट बिनको प्रयोगले उपभोक्तका भान्छामा प्रयोग भएका दैनिक उपभोग्य वस्तुहरू बाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मद्दत गर्ने अपेक्षा बैंकले गरेको छ।

कम्पोस्ट बिनको प्रयोगले जैविक फोहोरलाई हटाएर समुदायले उत्पादन गर्ने समग्र फोहोरलाई कम गर्ने र स्थानीय फोहोर व्यवस्थापन प्रणाली तथा ल्यान्डफिल क्षमतामा भार कम गर्ने विश्वास बैंकले गरेको छ।

प्रकाशित: Aug 31, 2023| 18:04 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्