मंगलबार, वैशाख २९, २०८३

गल्फ लुब्रिकेन्टको डिलर सेल्स मिट

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो  डिलर सेल्स एक्जेक्युटिभ मिट सम्पन्न गरेको छ।

National life

पोखरामा आयोजित यो कार्यक्रम लुब्रिकेन्ट उद्योगमा सम्भवतः एकमात्र यस्तो कार्यक्रम हुन सक्ने कम्पनीले जनाएको छ। यो कार्यक्रममा  नेपाल भरका ५० भन्दा धेरै डिलर सेल्स एक्जेक्युटिभको उत्साहजनक सहभागिता थियो।
कम्पनीका अनुसार ब्रान्डको भ्यालु र बिक्री बढाउनु, योग्य र दक्ष सेल्स टिमको भूमिका सबैभन्दा धेरै हुन्छ।

नेपाल ल्युब आयलले आफ्नो सेल्स टिमको स्तरउन्नतिलाई द्यानमा राखी थुप्रै पहल र कार्यक्रमहरु सञ्चालनमा ल्याई राखेको र यो डिलर सेल्स एक्जेक्युतिभ मिट ती कार्यक्रममध्ये सबैभन्दा महत्वपूर्ण भएको पनि कम्पनीले जनाएको छ। मिटमा प्राविधिक र बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाका बारे छलफल, कम्पनीको प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रडक्ट प्रशिक्षण सम्पन्न भएको थियो।  

नेपाल ल्युब आयलका महाप्रबन्धक गंगा राज भट्टराईले भने, ‘हाम्रो सेल्स टिम लुब्रिकेन्ट मार्केटमा सबैभन्दा राम्रो हो भनेर सुनिश्चित गर्ने  जिम्मेवारी हाम्रो हो। एक प्रशिक्षित सेल्स एक्जेक्युटिभले  ग्राहकलाई आफ्नो लुब्रिकेन्टको आवश्यकता पूरा गर्न अझ राम्रो मद्दत गर्न सक्छ। यसले हाम्रो ब्रान्ड भ्यालु र बिक्री बढाउन मद्दत गर्नेछ। यो मिट हाम्रो सेल्स टिमलाई अझै बलियो बनाउनका लागि सम्पन्न भएको हो।’ फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डस्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ।

 

प्रकाशित: Aug 31, 2023| 17:59 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्