मंगलबार, वैशाख २९, २०८३

पञ्चकन्या ग्रुपद्वारा रक्तदान

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

National life

केन्द्रीय कार्यालय कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कम्पनीको भनाइ छ।

सो अवसरमा ग्रुपका सञ्चालक, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्सर्न उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपसँग आवद्ध शुभचिन्तकहरु गरी सहभागी मध्ये जम्मा ३३ जनाले रक्तदान गरेका थिए।
पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यव्रmम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ।

 

प्रकाशित: Aug 31, 2023| 17:57 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्