मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक

 |  बिहीबार, भदौ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

vianetvianet

एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। नियुक्ति सम्बन्धी सम्झौतापत्रमा एनएलजीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले शनिबार हस्ताक्षर गरेका छन्।

एनएलजीले हाल कायम १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्ता पुँजीमा ६६% (१०:६.६ अनुपातमा) हकप्रद सेयर जारी गर्न लागेको हो। कम्पनीलाई नियामक नेपाल बिमा प्राधिकरणले हकप्रद निष्कासन अनुमति दिइसकेको छ। यस्तै, कम्पनीले साउन १५ गतेको विशेष साधारण सभामार्फत हकप्रद सेयर प्रस्ताव पनि पारित गरिसकेको छ।

हकप्रद सेयर बिक्रीपछि एनएलजीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुग्नेछ।

 

प्रकाशित: Aug 31, 2023| 17:54 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्