बुधबार, असोज ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सुरू गर्‍यो डिजिटल बीमा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सुरू गर्‍यो डिजिटल बीमा

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न एसपिआइएल–डिजी प्रणाली सुरू गरेको छ।

Kumaribank

सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपिआइएल–डिजीको प्रयोगले बीमितहरूले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन्। यस्तै, निश्चित रकमसम्मको बीमा दाबी फर्छ्यौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन्।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठद्वारा संयुक्त रुपमा एक समारोहका बीच एसपिआइएल–डिजी प्रणालीको शुभारम्भ गरिएको हो।

शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सरहना गर्दै यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिए। कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतीय माध्यमबाट प्रभावकारी बीमा सेवा प्रदान गर्न क्रियाशिल रहेको बताए।

प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने लक्ष्य अनुरुप यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउनेतर्फ थप क्रियासिल रहने प्रतिवद्धता व्यक्त गरे।

Metro Mart

एसपिआइएल–डिजी डिजिटल प्रणाली भएको हुँदा अनलाईन भुक्तानीमार्फत कम्पनीमा बीमा शुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति बीना बीमालेख खरिद गर्न सकिनेछ। बीमितले निश्चित रकम सम्मको बीमा दाबी फर्छ्यौट गरी भुक्तानी लिन र बीमा दाबीको अवस्थाको बारेमा जानकारी समेत लिन सक्नेछन्। यसबाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकाबाट बीमा सेवा लिन एवम् प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

 

प्रकाशित: Aug 31, 2023| 17:51 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्