मंगलबार, मंसिर २३, २०८२

हस्तरेखाबाट अनुमान लगाउन सकिन्छ मानिसको आयु

 |  बिहीबार, भदौ १४, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बिहीबार, भदौ १४, २०८०

प्रत्येक व्यक्तिको हातमा केही प्रकारका निशान र आकृति बनेका हुन्छन्। हामीले ध्यान दिइरहेका हुँदैनौं, हातको रेखाहरु समय–समयमा बदलिरहन्छन्। किनकी व्यक्तिको विचार र समय परिर्वतन भइरहन्छ। हामी सबैको हातको रेखाहरुको सबैभन्दा धेरै महत्व हुन्छ। हस्तरेखा विज्ञानमा जीवनरेखाको हात सबैभन्दा आवश्यक रेखा मानिएको छ।

National life

यदि कसैको हातमा जीवनरेखा छैन भने मान्नुपर्छ कि यस्ता व्यक्तिको जीवन धेरै कठिनाईबाट गुज्रिरहेको छ। आज हामी हातको ती रेखाहरुको बारेमा बताउन चाहन्छौं जसबाट तपाईंको जीवनको बारेमा धेरै पत्ता लगाउन सकिन्छ।

व्यक्तिको आयु जीवनरेखाबाट पत्ता लगाउन सकिन्छ। यस रेखाको माध्यमबाट पनि जीवनमा कुन–कुन घटना कुन–कुन समयमा घट्ने पनि पत्ता लगाउन सक्छौं। मृत्युको कारण र समय पनि रेखाबाट नै थाहा पाउन सकिन्छ। यो रेखा बृहस्पति पर्वतको तलबाट निस्किएको छ तथा माथिबाट निक्लिएको छ त्यो बाट प्रष्ट थाहा पाउन सकिने बताइएको छ।

जसको हत्केलाको बीच घोडा वा रथको निशाना बनेको छ त्यो व्यक्तिमा राजयोग छ र सुख प्राप्त गर्छ। यसको साथै कोही व्यक्तिको निधार ठूलो र विशाल भएमा र हात लामो हुने व्यक्तिले राज सुखको आनन्द लिन्छ।

कुनै व्यक्तिको हातमा जीवन रेखा गोल हुन्छ, मस्तिष्क रेखा द्धिभाजित हुन्छ, २ सूर्य रेखा हुन्छन् र सूर्य र गुरुको बराबर हुन्छ त्यस्ता मानिसहरुले धन प्राप्त गर्छन्। मस्तिष्क रेखामा त्रिकोण र हात गरुंगो भएका मानिसहरुलाई अचानक धन प्राप्ति हुन्छ।

Laxmi sunrise bank
kumari

हत्केलामा सूर्य रेखा निक्लेर गुरु पर्वततिर गएको भए धेरै शुभ मानिन्छ। यसले सरकारी जागिर खाने योग प्रबल देखाउँछ। यसको साथै यदि कसैको हत्केलामा सूर्य पर्वतमा भाग्य रेखा आएर जोडिएको छ भने सरकारी जागिर खाने योग बन्छ।

 

प्रकाशित: Aug 31, 2023| 19:07 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्