शुक्रबार, वैशाख २८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ‘एमसीसी नेपाल कम्प्याक्ट’ कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश

‘एमसीसी नेपाल कम्प्याक्ट’ कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश

मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति (एमसीए–नेपाल) अन्तर्गत कार्यान्वयन हुने परियोजना कार्यान्वयनमा गएको घोषणा गरिएको हो।
 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

काठमाडौं– नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) को संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ। मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति (एमसीए–नेपाल) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको पूर्वतयारीका काममा पर्याप्त प्रगति भएको सहमतिपछि कार्यान्वयनमा गएको घोषणा गरिएको हो।

triton college

अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले आज अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्ट्री फोर्स– इआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरे।

एआईएफसम्बन्धी पत्र आदानप्रदान कार्यक्रममा अर्थमन्त्री डा. महतले एमसीए–नेपालअन्तर्गत कार्यान्वयन हुने विद्युत् प्रसारण लाइन र सडक आयोजनाले समग्र पूर्वाधार क्षेत्रका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, ‘आजबाट हामीले एमसिसी कार्यान्वयन सुरुआत गरेका छौंं। यो कोशेढुंगासम्ममा आइपुग्न धेरै उतावचढाव भोग्नुपरेको थियो। नेपालले पूर्वाधारका क्षेत्रमा धेरै काम गर्न बाँकी छ। एमसीए नेपालअन्तर्गतका सडक आयोजनाले नागरिकलाई उत्पादनमा जोड्न र उद्यम व्यवसायका लागि सहजता दिनेछ।’

नेपालमा जलविद्युत् ठूलो सम्भावना रहेकाले प्रसारण लाइनले मुलुकभित्रको प्रसारण प्रणाली सहज बनाउने मात्र नभइ भारतसँगको अन्तरदेशीय विद्युत् व्यापारका लागि पनि महत्त्वपूर्ण रहेको उनले बताए।

अर्थ सचिव एवं एमसीए–नेपाल सञ्चालक समिति अध्यक्ष अर्जुनप्रसाद पोखरेलले नेपालको विद्युत् व्यापारमा लागि प्रसारण आयोजना महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे। जग्गा अधिग्रहणको काममा शीघ्रता दिएर चाँडै सक्ने र परियोजना कार्यान्वयनका क्रममा अनुगमनको काम प्रभावकारी ढंगले गर्ने प्रतिबद्धता उनले जनाए।

corrent noodles
Metro Mart

एमसिए–नेपालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) खड्गबहादुर विष्टले जग्गा अधिग्रहण र मुआब्जाको काम आगामी डिसेम्बर सम्ममा सकिसक्ने तयारी रहेको बतए। प्रसारण लाइनको ठेक्का प्रक्रिया सुरु भइसकेको उनको भनाइ छ।

नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले दुई देशबीच ७५ वर्ष देखिको मैत्रीपूर्ण सम्बन्धबारे स्मरण गर्नुहुँदै एमसिसी नेपाल कम्प्याक्टले दीर्घकालका लागि नेपालको समृद्धिलाई उकास्ने विश्वास व्यक्त गरे। एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसिसी अन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा इआईएफ महत्त्वपूर्ण कोशेढुंगा रहेको धारणा व्यक्त गरे।

प्रकाशित: Aug 30, 2023| 16:54 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्