मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने

माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

National life

काठमाडौं- माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष (२०७९-८०) नाफाबाट १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गर्ने बैंक माछापुच्छ्रे बैंक बनेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५ प्रतिशतले बढेर १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।
एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १८.०९ प्रतिशतले बढेर १ अर्ब ५६ करोड पुगेको हो।

प्रकाशित: Aug 30, 2023| 14:37 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्