मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बिनायात्रु नेवानिको भैरहवा–दिल्ली, भैरहवा–हङकङ उडान

बिनायात्रु नेवानिको भैरहवा–दिल्ली, भैरहवा–हङकङ उडान

नेवानिले भैरहवाबाट काठमाडौं हुँदै दिल्ली र हङकङका लागि आजबाट उडान सुरु गरेको हो।
 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

काठमाडौं– सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेवानि)ले भैरहवा–दिल्ली र भैरहवा–हङकङ हवाई उडान सुरु गरेको छ।

National life

आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा–दिल्ली र भैरहवा–हङकङको उडान यात्रुविहीन भएको छ। नेवानिले भैरहवाबाट काठमाडौं हुँदै दिल्ली र हङकङका लागि आजबाट उडान सुरु गरेको छ। 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौं हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको बताए। आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिए। 

हङकङ जाने यात्रुलाई काठमाडौं‌ हुँदै गन्तव्यमा लगिनेछ भने दिल्ली जाने यात्रुलाई काठमाडौँ विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइनेछ। महाप्रबन्धक पाण्डेले आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको जानकारी दिए। उक्त रुटका लागि निगमले १० भदौदेखि टिकट बुकिङ खुलाएको थियो।

नेपाल वायुसेवा निगमले मलेसिया–भैरहवा रुटमा गत ३० जेठबाट उडान सुरु गरेको थियो। त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ जेठ २०७९ बाट सञ्चालनमा आएको हो।

प्रकाशित: Aug 29, 2023| 14:59 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्