आइतबार, मंसिर १७, २०८०

शल्यक्रियापछि एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीबाट निकालियो ५५ वटा पत्थरी

झापाको कचनकबल गाउँपालिका–६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारका क्रममा ५५ वटा पत्थरी एकै पटकमा बाहिर निकालिएको हो।
 |  सोमबार, भदौ ११, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

झापा–झापाकी एक बिरामीको उपचारका क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ। झापाको कचनकबल गाउँपालिका–६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारका क्रममा ५५ वटा पत्थरी एकै पटकमा बाहिर निकालिएको हो।

sagarmatha cement

अस्पतालका निर्देशक बालकुमार पोखरेलका अनुसार पेटभित्र असह्य दुखाइ बढेपछि उपचारका लागि साहलाई हस्पिटल भर्ना गरिएको थियो। ७ भदौमा सर्जन डा. शशी सिंहले सफलतापूर्वक शल्यक्रिया गरेका थिए।

‘सहन नसक्ने गरी पेटभित्र दुखाइ भएको भन्दै उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो’, निर्देशक पोखरेलले उपचारबारे जानकारी दिँदै भने, ‘मेडिकल सुपरिन्टेन्डेन्टसमेत रहेका सर्जन सिंहले साहको स्वास्थ्य परीक्षणपछि तुरुन्त शल्यक्रिया गर्नुभएको हो।’ सबै जाँच प्रक्रिया पूरा भएपछि शल्यक्रिया गर्दा पित्तथैली र मूत्रनलीबाट ५५ वटा पत्थरी निकालिएको उनको भनाइ छ। 

साहको शल्यक्रिया सम्पन्न गर्न आठ घन्टा लागेको थियो। शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आइसकेको र छिट्टै घर फर्किने तयारीमा रहेको छोरा दीपककुमार साहले बताए।

एउटै व्यक्तिको पित्तथैलीमा यतिका धेरै पत्थरी भेटिनु दुर्लभ भएको चिकित्सक बताउँछन्। ‘एउटै स्टोन हुँदा दुखेर बिरामी निकै पीडामा छटपटाउँछन्’, साहलाई अस्पतालको सर्जिकल वार्डमै भेटेर स्वास्थ्यलाभको कामना गरेका हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले भने, ‘यति धेरै स्टोन बोकेर कसरी सहेर बस्नुभएको थियो होला भनेर म चकित भएको छु।’

अस्पतालका व्यवस्थापक मनोज दाहालले साहको पित्तथैली र मूत्रनलीबाट निकालिएका हरेक पत्थरी १२ एमएमभन्दा ठूलो रहेको जानकारी दिए।–रासस

प्रकाशित: Aug 28, 2023| 16:54 सोमबार, भदौ ११, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?

कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?

केटा होस् वा केटी, कालो बाक्लो कपाल होस् भन्ने चाहना सबैमा हुन्छ। तर, आजको अस्वस्थ जीवनशैली, गलत खानपान र प्रदूषित वातावरणका कारण कपाल झर्ने समस्या...
भूकम्प प्रभावित क्षेत्रमा अझै सहज हुन सकेन पठनपाठन

भूकम्प प्रभावित क्षेत्रमा अझै सहज हुन सकेन पठनपाठन

साथीको मृत्यु, भूकम्पको डर त्रासले विद्यार्थी झन् एकोहोरो हुने, पढ्न मन नगर्ने, विद्यालमा उपस्थित भएको केही समयमै घर जान खोज्ने, टोलाउनेजस्ता समस्या विद्यार्थीमा हुने गरेको...
'जोडबल गरे अन्त्य हुन सक्छ एड्स २०३० सम्ममा'

'जोडबल गरे अन्त्य हुन सक्छ एड्स २०३० सम्ममा'

नेपालमा एचआइभी संक्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र रोजगारीका लागि विदेशिने युवाहरू रहेका छन्।
विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक

विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक

नमूना विद्यालयका रुपमा स्थापित भएको पब्लिक उच्च माविले विद्यालयको शैक्षिक स्तरलाई थप उकास्न घरदैलो अभियान सुरु गरेको हो।