आइतबार, वैशाख २३, २०८१

नाडा अटो शो २६ भदौदेखि

 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘नाडा अटो शो २०२३’ आयोजना गर्ने भएको छ। काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नाडाले यही भदौ २६ देखि ३१ गतेसम्म अटो शो आयोजना गर्न लागेको जनाएको छ।

triton college

नाडा अटो शो आयोजक समितिका सभापति अनुपकुमार बरालले प्रदर्शनीको १५ औं संस्करणमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा, टायरका साथै प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधनका साथै राष्ट्रिय ब्राण्डको अटो सामाग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहने बताए। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको शीर्ष आयोजकमा टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ।

यसका साथै टिकटको लागि खल्ती, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक लगायतका संस्थाहरूको सहभागिता रहनेछ। टिकट बुकिङ खल्ती एपमा गएर गर्न सकिने छ। सर्वसाधारणलाई २ सय र विद्यार्थीलाई १ सय ५० शुल्क तोकिएको आयोजकले बताए।

आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पर्नुका साथै सवारीसाधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर परेकोले अटो शोको आयोजना गर्न लागेको बताए। यसले बजारलाई चलायमान बनाउने आफूहरुको ठम्याइ रहेको उनले बताए।

अध्यक्ष थापाका अनुसार शोमा करिब २० अर्बको कारोबार हुने अनुमान छ। उनले भने, ‘बजारमा हजारौं गाडी थन्केको अवस्था छ तर पनि दसैंको माहौलमा अटो शो गर्न लागेका छौं। आर्थिक मन्दी अगाडि दशैं अगाडिका यी दुई महिनामा मात्रै ४० प्रतिशत बिक्री हुने गरेको थियो। यसैलाई मध्यनजर गर्दै यतिबेला अटो शोको आयोजना गर्न लागेका छौं।’ उनले गाडीको बुकिङ सोचेको जस्तो राम्रो भएको बताउँदै भने, अटो शोले मन्दीको बेला रक्तसञ्चारको काम गर्ने विश्वास लिएका छौं।'

corrent noodles
Metro Mart

प्रदर्शनीमा ठूला साना गरी १ सय २० स्टल तथा ब्लकहरु रहने छन् भने १६ वटा ब्राण्डका चार पांग्रे, २२ वटा ब्राण्डका दुई पांग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुव्रिकेन्ट, टायर, ब्याट्रीलगायत उपकरण कम्पनीहरुको सहभागिता रहने छ।

पत्रकार सम्मेलनमा नाडा अटो शो समितिका सभापति अनुप कुमार बरालले प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई ध्यानमा राखी प्रर्दशनी स्थलमा सजिलै आवागमनको लागि काठमाण्डू मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यूटावरलगायत सार्वजनिक पार्किङ स्थलहरुबाट महानगर यातायातको सहयोगमा सटल बस संचालन गरिने बताए। ६ दिनसम्म चल्ने उक्त नाडा अटो शो ७५ हजार आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजक संस्थाको रहेको छ।

प्रकाशित: Aug 28, 2023| 15:26 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्