मंगलबार, भदौ २४, २०८२

जात्रा र जात्रै जात्रापछि अब महाजात्रा

 |  सोमबार, भदौ ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

vianetvianet

नेपाली चलचित्र ‘महाजात्रा’ बन्ने भएको छ। ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि यसको तेस्रो शृङ्खलाको रूपमा निर्माण कम्पनी षटकोण आर्ट्सले ‘महाजात्रा’ घोषणा गरेको हो। 

Kumaribank

यस अगाडिका शृङ्खलामा रहेका कलाकारसँगै यसपटक हरिवंश आचार्य जोडिएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए। उनले भने, 'महाजात्रा भएकाले अभिनेता आचार्य जोडिनुभएको हो। अघिल्लो शृङ्खलाको सफलताले हामीमा अझै दायित्व थपिएको छ।'

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, वर्षा राउत, रवीन्द्र झालगायतका कलाकारले अभिनय गर्नेछन्। चलचित्रको छायाङ्कन दशैँ लगत्तै हुने र चैत ९ मा प्रदर्शन हुने निर्देशक भट्टराईले जानकारी दिए। उनले छायाङ्कन अगावै चलचित्रको नेपाल र भारतबाहेकको प्रदर्शन अधिकार बिक्री भइसकेको जानकारी दिए।

'हामीले नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन गर्नुपर्ने भएकाले पनि सो प्रदर्शन मिति तय गरेका हौँ। यसै चलचित्रमार्फत मैले निर्देशन यात्रा प्रारम्भ गरेको थिएँ। यसैले गर्दा यो शृङ्खला मेरा लागि खास छ', निर्देशक भट्टराईले भने। चलचित्रका लगानीकर्ता दीपेश खत्री हुन्।

प्रकाशित: Aug 28, 2023| 07:08 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्