शनिबार, असार २७, २०८३

ज्योति विकास बैंकद्वारा बेवी वार्मर प्रदान

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

ज्योति विकास बैंकले महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई बेवी वार्मर प्रदान गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको बेवी वार्मर प्रदान गरेको हो। बेवी वार्मर नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुन्छ।

बैंकले डा. महाविर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा ‘न्यानो नानी परियोजना’अन्तर्गत पछिल्ला तीन वर्षमा ३५ अस्पताललाई बेवी वार्मर प्रदान गरिसकेको छ।

 

प्रकाशित: Aug 27, 2023| 17:02 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्