मंगलबार, वैशाख २९, २०८३

कामना सेवा विकास बैंकको ‘तिम्रै लागि’ खाता

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ। पारिवारिक सम्बन्धलाई मजबुत बनाउने उद्देश्यका साथ बैंकले ‘तिम्रै लागि’ मुद्दती र बचत खाता सार्वजनिक गरेको हो।

National life

बैंकमा खाता खोलेर उपहारको नयाँ परम्पराको सुरुवात गर्न ‘तिम्रै लागि’ याेजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए।

न्यूनतम १० हजार रुपैयाँमा खोल्न सकिने मुद्दती खातामा मासिकरूपमा ब्याज प्राप्त गर्न सकिन्छ। यो खाता खोल्दा मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेबिट कार्ड निःशुल्क प्राप्त गर्न सकिने छ।

‘तिम्रै लागि’ मुद्दती खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यस खातामा आवश्यकताअनुसार थप रकम जम्मा गर्दै जान सकिनेसमेत विशेषता रहेको छ।

 

प्रकाशित: Aug 27, 2023| 17:00 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्