मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काठमाडौं युथ कनक्लेभमा डीआरएस गेमिङलाई एक लाखको पुरस्कार

काठमाडौं युथ कनक्लेभमा डीआरएस गेमिङलाई एक लाखको पुरस्कार

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

युनिभर्सल कलेज र फिनिक्स कलेजको आयोजनामा काठमाडौं युथ कनक्लेभ (केवाईसी)–२०८०मा डीआरएस गेमिङलाई रु. १ लाखको ‘युथ आइकन नेपाल’ पुरस्कार प्रदान गरिएको छ।

National life

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठनमा शनिबार आयोजित कार्यक्रममा गीत, संगीत, हास्यव्यंग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरुले आफ्ना सफलताका कथा, उर्जा र उत्प्रेरणाका विचारहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपालकै चर्चित आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, मास्टरसेफ सन्तोष साह, डीआरएस गेमिङ, क्रिकेटर पारस खड्का, इसेवाका सीईओ जगदीश खड्कालगायतले आ–आफ्ना प्रस्तुति दिएका थिए।

मोबाइल ई–गेमिङका माध्यमबाट नेपाललाई विश्वमा चिनाएको भन्दै डीआरएस गेमिङलाई रु. १ लाखको ‘युथ आइकन नेपाल’ पुरस्कार पनि प्रदान गरिएको छ। कार्यक्रममा गायकहरु नितेशजंग कुँवर, समृद्धि राई, कमेडियन सजन श्रेष्ठलगायतको प्रस्तुति रहेको कार्यक्रम संयोजक राजु टन्डनले जानकारी दिए। करिब ५ हजार विद्यार्थी तथा युवाको कार्यक्रममा सहभागिता उनको भनाइ छ।

केवाईसी युवा विद्यार्थीहरुलाई मोटिभेट र इन्स्पायर गर्ने कार्यक्रम हो। नेपालमै रहेर उल्लेख्य प्रगति गरेका ख्यातिप्राप्त व्यक्तिहरुको सफलताका कथा युवामा वितरण गर्नु, नेपाली उत्पादनको प्रवर्द्धन गर्नु, नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र केही हदसम्म भए पनि युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु यो कार्यक्रमको उद्देश्य हो। हरेक वर्ष आयोजना हुँदै आएको यो केवाईसीको चौथो शृंखला हो।

 

प्रकाशित: Aug 27, 2023| 16:59 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्