मंगलबार, वैशाख २९, २०८३

दोहोरो अंकले घट्यो नेप्से

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

National life

काठमाडौं- हप्ताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज आइतबार २० दशमलव ५४ अंकले घटेर एक हजार नौ सय ९३ दशमलव ३८ विन्दुमा झरेको छ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ। सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको सेयर झन्डै साढे छ प्रतिशतले घटेको छ। समग्रमा बजार राताम्मे भएको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।

आज ३८ लाख ९५ हजार कित्ता सेयर एक अर्ब २६ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्स कम्पनीको सात करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

प्रकाशित: Aug 27, 2023| 15:31 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्