आइतबार, वैशाख २८, २०८२

कोशी सरकारविरुद्ध सर्वोच्चमा रिट, पेशी भोलि नै

 |  बुधबार, भदौ ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

vianetvianet

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ।

triton college

प्रदेश सभामा मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेश सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि थापाको पक्षमा मतदान गरेको र त्यसले संविधान र सर्वोच्च अदालतको आदेशको उल्लंघन गरेको भन्दै सर्वोच्चमा रिट हालिएको हो।

कोशी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको वारेस भई कानुन व्यवसायी दुर्गाबहादुर दाहालले नेपालको संविधानको धारा १३३ (२), (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन्।

रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ।

मत बराबर पनि नभएको अवस्था र मत विभाजनको समय सकेर मत सच्याउने क्रममा मतदान गरी पुन: सभाध्यक्षको कुर्सीमा फर्कनु संविधानको धारा १८६ र प्रदेशसभा नियमावलीविपरीतको कार्य भएको जिकिर रिटमा गरिएको छ।

National life insurance

रिटको पेशी भोलि बिहीबारका लागि तोकिएको छ।

मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरिरहेका मन्सुरीले मतदान गरेर बहुमत पुर्‍याएका थिए। यसअघि पनि सभामुखको हस्ताक्षरमा बहुमत पुर्‍याइएपछि एमाले सर्वोच्च गएको थियो र सर्वोच्चले थापाको नियुक्ति बदर गरेको थियो।

 

प्रकाशित: Aug 23, 2023| 16:27 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्