बुधबार, जेठ २७, २०८३

कोशी सरकारविरुद्ध एमाले अदालत जाने

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै नेकपा एमाले बदरको मागसहित सर्वोच्च अदालत जाने भएको छ।

National life

प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै अदालत जाने तयारी भएको एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बताए।

प्रदेश संसदीय दलले रिट दायर गर्ने निर्णय गरिसकेको उनले जानकारी दिए। आज प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारणसभामा बोल्दै नेता कार्कीले एमालेसँग अर्को विकल्प नभएको बताए। उनले भने, ‘प्रदेश नियमावली र संविधानका धारा छलेर जाने ठाउँ छैन, त्यसविरुद्ध हामी कोर्ट जान्छौं। हामीसँग अर्को विकल्प छैन।’

सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापाले हिजो सभाध्यक्षको समेत मत पाएर विश्वासको मत लिएका थिए।

 

Shivam cement

प्रकाशित: Aug 22, 2023| 15:36 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्