बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भक्तपुरको सुधार गृहबाट भागेका २६७ किशोर पक्राउ, यसरी बढेको थियो तनाव

भक्तपुरको सुधार गृहबाट भागेका २६७ किशोर पक्राउ, यसरी बढेको थियो तनाव

 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

भक्तपुरको बाल सुधार गृह तोडफोड गरेर भागेका २६७ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ। बाँकी ३१ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

National life

उनीहरूलाई भक्तपुर र काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। सुधार गृहमा २९८ जना थिए जसमा २५५ जना किशोर र ४३ जना किशोरी छन्।  

आइतबार बिहान रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको मृत्यु भएपछि परिवारले सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए। त्यही विषयमा सोमबार पनि नाराबाजी भइरहँदा त्यहाँ बसिरहेकाहरु तोडफोड गरेर भागेका हुन्।

यसरी सुरु भएको थियो तनाव
२९ जेठ २०७७ देखि कैद भुक्तान गर्दै आएका मन्थली नगरपालिका–३ कठजोरका २१ वर्षका कमल बस्नेत अचानक बेहोस भएपछि गठ्ठाघरस्थित नागरिक अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए।

बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्षमुनिका कुनै व्यक्तिले फौजदारी अपराध गरेमा बाल सुधार गृहमा राख्ने व्यवस्था छ। त्यहीअनुसार देशभर ८ वटा बाल सुधार गृह सञ्चालित छन्।

Shivam cement

भक्तपुरसहित मोरङ, कास्की, बाँके, मकवानपुर, डोटी, पर्सा र रुपन्देहीमा बाल सुधार गृह छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत सरकारले सुधार गृह चलाउँदै आएको छ। तीमध्ये ४ वटा सरकारले नै सञ्चालन गरिरहेको छ भने बाँकी गैरसरकारी संस्थाले चलाउँदै आएका छन्।

सानोठिमीस्थित सुधार गृह युसेप नेपाल नामक संस्थाले चलाउँदै आएको थियो। पछिल्लो गणनाअनुसार सुधार गृहमा २९९ जना कैदीबन्दी थिए। आइतबार मृत्यु भएका श्रेष्ठको बायाँतिर तिघ्रामा पिलो आएको थियो भने लामो समयदेखि आँखामा समस्या थियो। अचानक बेहोस हुन पुगे र अस्पताल  लैजानेबित्तिकै ज्यान गएको थियो।

बस्नेतका आफन्तले अस्पताल पुगेर सोधपुछ गर्दा उनीहरुले मृत्युको कारणबारे चित्तबुझ्दो जवाफ पाएनन्। प्रशासनले पनि स्पष्ट कारण बताएन। प्रहरी वृत्त थिमि पुग्दा प्रहरीले दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ। त्यसपछि उनीहरुले बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै नाराबाजी गरेका थिए।

बाहिर आफन्त र भित्र कैदीबन्दीले प्रदर्शन थालेपछि बाल सुधार गृहमा स्थिति तनावग्रस्त भएको थियो। पीडितले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए।

पीडितसँग छलफल गरेपछि भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। समितिमा प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत सदस्य थिए।

समिति बनेपछि बाहिरको प्रदर्शन केही मत्थर भएको थियो। परिवारले अनुसन्धानका लागि जाहेरी दिने सहमतिसमेत भएको थियो। तर, आजसम्म जाहेरी परेको छैन। बरु कारागारभित्र तोडफोड र प्रदर्शन जारी रह्यो।

त्यसक्रममा सुधार गृहको पछाडिको ढोका तोडेर डेढ सयभन्दा बढी कैदीबन्दी भागे। सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीलाई समेत आक्रमण गरेर उनीहरु भागेका थिए। खोजीका लागि उपत्यकाका तीन वटै जिल्लामा प्रहरी परिचालित छन्।

प्रकाशित: Aug 21, 2023| 18:13 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्