आइतबार, वैशाख २८, २०८२
  • गृहपृष्ठ
  • कोशी
  • कोशीमा बैठक चलाउने सांसदले पनि मुख्यमन्त्रीलाई मत दिने

कोशीमा बैठक चलाउने सांसदले पनि मुख्यमन्त्रीलाई मत दिने

 |  सोमबार, भदौ ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

vianetvianet

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज नै विश्वासको मत लिने भएका छन्। प्रदेश सभा उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै बिदामा बसेपछि कोशी प्रदेश सभाका अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीले बैठक सञ्चालन गर्ने भएका छन्।

triton college

उपसभामुख दनुवार र अध्यक्षमण्डलका सदस्यद्वय एमालेकी मालती सुब्बा लिम्बू र अमरबहादुर बिष्ट अनुपस्थित भएकाले मन्सुरीको अध्यक्षतामा प्रदेशसभा बैठक बस्ने भएको हो। उपसभामुख दनुवार पनि मन्सुरीलाई नै बैठक सञ्चालनको अधिकार दिएर काठमाडौं गएकी हुन्।

कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री थापाले सोमबार नै विश्वासको मत लिने निर्णय भएको थियो। बैठकको अध्यक्षता गर्ने मन्सुरीले समेत गठबन्धनका पक्षमा मत हाल्नेछन्। मन्सुरीको मतसहित आफूहरूले प्रदेशसभामा बहुमत सिद्ध गर्ने गठबन्धनका नेताहरुले बताएका छन्।

यसअघि आफ्नो पक्षमा बहुमत पुर्‍याउन सभामुखलाई राजीनामा दिन लगाएको गठबन्धनले एमालेबाट निर्वाचित उपसभामुख दनुवारले बैठक चलाए सहजै बहुमत पुग्ने रणनीति बनाएको थियो। तर एमाले बैठक नै नचलाउने दिशामा गएपछि गठबन्धनले नयाँ रणनीति बनाएको हो।

 

National life insurance

 

प्रकाशित: Aug 21, 2023| 14:38 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्