बुधबार, जेठ २७, २०८३

उपसभामुखले बोलाएको बैठक अरुले सार्न नमिल्ने

 |  सोमबार, भदौ ४, २०८०

कोशी संकट

कोशी संकट

सोमबार, भदौ ४, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रिया आजै सुरु हुने भएको छ। आज दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको हो।

National life

उपसभामुखले आह्वान गरेको बैठकले अरुले स्थगित गर्न नमिल्ने भएकाले आज नै विश्वासको मत लिने निर्णय भएको हो।

मुख्यमन्त्री थापाले हिजो नै विश्वासको मत लिन चाहेका थिए, तर उपसभामुख सृजना दनुवारले सोमबार १ बजे समय तोकिदिइन्। प्रदेशसभाको बैठक बस्ने दिन बिहान उनी उपचारका लागि भन्दै काठमाडौं हिँडेपछि सत्ता गठबन्धन अलमलमा परेको थियो।

एमालेका ७ र राप्रपाका एक जेष्ठ सदस्यले बैठकमा अनुपस्थित हुन सूचना दिएका छन्। काठमाडौं उड्नुअघि उपसभामुख दनुवारले अध्यक्ष मण्डलमा रहेकी कांग्रेस प्रदेशसभा सदस्य इस्नाइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी थिइन्। मन्सुरीले बैठकको अध्यक्षता गरेर मतदान नगर्दा मुख्यमन्त्री थापाले विश्वासको मत नपाउने भएकाले सत्ता गठबन्धन अलमलमा परेको थियो।

सत्ता गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य छन्, जुन ९३ सदस्यीय प्रदेशसभाको ठिक्क बहुमतमात्र हो। बैठकको अध्यक्षता गर्ने सांसदले भोट दिएमात्र मुख्यमन्त्रीले विश्वासको मत पाउँछन्।

Shivam cement

 

 

प्रकाशित: Aug 21, 2023| 14:03 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्