कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौं उडेपछि विराटनगरमा सत्ता गठबन्धनको आकस्मिक बैठक बसेको छ।
बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख दनुवार ८ बजेकै उडानबाट काठमाडौं उडेपछि मुख्यमन्त्री उद्धव थापासहित गठबन्धनका नेताहरूको बैठक बसेको हो।
दनुवार उपचारको बहाना बनाएर काठमाडौं गएको गठबन्धन दलको आरोप छ। उपसभामुख प्रदेश सभा बैठकको अध्यक्षता नगरी बिरामी बिदा लिएर काठमाडौं हिँडेपछि सत्तारूढ दलहरुलाई समस्या परेको छ।
मुख्यमन्त्री थापाले आज प्रदेश सभामा विश्वासको मत माग्ने कार्यसूची थियो। उनलाई विश्वासको मत पुग्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरमग्दुर प्रयास गरिरहेको छ। उपसभामुखको अनुपस्थितिमा प्रदेश सभा बैठक चलाउने जिम्मा ज्येष्ठ सदस्यलाई रहने भए पनि एमालेका सात ज्येष्ठ सदस्यहरूले यसअघि नै आजका लागि बिदा लिइसकेका छन्।
प्रदेशसभाको बैठक अनिश्चित बनेपछि सत्ता गठबन्धन छलफलमा जुटेको हो।