आइतबार, वैशाख ७, २०८२

यसकारण गरिन्छ नागको पूजा

 |  सोमबार, भदौ ४, २०८०
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

सोमबार, भदौ ४, २०८०

vianetvianet

परापुर्व कालदेखि सबैलाई देवता मान्ने चलन अन्तर्गत नाग, जो पाताल को राजा मानिन्छ तिनलाई पुजा गरेर शान्त पर्नु परम्परा रही आएको छ। श्रावन शुक्ल पञ्चमीलाई नाग पञ्चमीको रुपमा मनाइन्छ। पञ्चमी भन्नाले तिथीको पाँचौं दिन हो।
 
यस दिन मूल ढोकामा गोबर लगाएर नागको चित्र टाँस्ने गरिन्छ। जल दुध र घिऊले सर्पलाई स्नान गराएन्छ। गहुँ दुबो धानको लावा दही चामलको दूध (चौलानी) हरुले सर्पको पूजा गरिन्छ। कपासको सर्प बनाएर पुजा गर्ने चलन पनि छ। सर्पको प्वालमा दुध, दुबो, गहुँ चौलानी राखिदिने र पूजा गर्ने चलन छ। यस दिन अरु सबै नाग र सर्प लगायात कालो रंगको नागको विशेष पूजा गरिने परम्परा रहेको पाइन्छ।

triton college

 नागको पूजा गर्नाले सर्पको भयबाट मुक्ति पाइने बताइन्छ। नाग मन्त्रको उच्चारणले मात्र पनि सर्पको टोकाइबाट बचिन्छ र सर्पहरु घर वरपर आउँदैनन् भन्ने विश्वास छ। सायद यो मन्त्रको उचारणले मान्छेमा आत्मविश्वास जगाउँछ जसले गर्दा पूर्व कालमा मान्छे यो गर्मी महिनामा सर्पको भयबाट बच्थे होला।

अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम्|
शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा||
एतानि नवनामानी नगनां च महत्मनाम्। 
सायंकाले पठेन्नित्यं प्रात:काले विशेषत:।। 
तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवत्।।

यो गर्मीको मौसममा सर्पहरुको शासन रहने कुरालाई अन्यथा पनि मान्न सकिन्न। सर्पबाट बच्नुपर्ने र सावधान हुनुपर्ने कुराको सूचना पनि यो पर्वले प्रवाह गर्दछ। नागहरु बिशेष सर्पहरु हुन्। कस्ता सर्प नाग हुन् भन्ने बारेमा खासै राम्रो बयान नभए पनि, केहि सर्पहरु जसको हिन्दु कालमा बयान छ ती सर्पहरुलाई प्राय नागकै नाम दिइएको भेटिन्छ। ती सबै मुख्य नागहरुको पूजा गर्ने चलन छ।

नाग पञ्चमी किन मनाउन थालियो भन्नेबारे थुप्रै जनविश्वासहरु पाइन्छ। नाग पञ्चमी किन मनाइन्छ भन्ने बारे धेरै धारणाहरु पाइन्छन्। कृष्ण भगवानले श्रावण शुक्ल पञ्चमीका दिन काली नागमाथि विजय प्राप्त गरेर त्यस नागलाई शान्त गरेको उपलक्ष्यमा नाग पञ्चमीमा खुसियाली मनाउने चलन भएको पनि मानिन्छ।

National life insurance

काठमाडौँ उपत्यका पहिले एउटा तलाउ थियो। उक्त तलाउको नाम टेथिस सागर थियो। त्यस सागरको पनि बाहिर निकाले र मान्छे बस्न योग्य बनाएपछि सम्पूर्ण नाग समाज रिसाए। उनीहरुलाई शान्त पर्न ठाउँ ठाउँमा नागको स्थानहरु बनाइयो र पुजा गर्न थालियो भन्ने जनविश्वास पनि रहेको छ।

भनिन्छ कस्यप ऋषिका १३ पत्नीमध्ये कद्रूले ८ नागहरुलाई जन्म दिइन्। ती नागहरु पातालका शासक भए। ती सबै ८ नागका नाम नाग मन्त्रमा यसरी रहेका छन् – अनन्तं वासुकिं शेषं पद्मनाभं कम्बल शंखपालं धार्तराष्ट्रं तक्षकं र कालिया। यी नाग हरु धेरै शक्तिशाली र भयानक मानिन्छ। यिनको पुजा गर्नाले यी नाग शान्त रहने विश्वास गरिन्छ। यिनै ८ नागका नामहरु लेखेर ढोकामा टाँस्ने गरिन्छ।

नागलाई वर्षाको श्रोत पनि मानिन्छ। नाग रिसाएमा पानि नपर्ने र पानि नपरे खेतीबालि गर्न गर्न गाह्रो हुने हुनाले पनि नागको पूजा आवश्यक मानिन्छ। कथा बस्तु जे भए पनि सर्प पनि यो बातावरणको एउटा अभिन्न अंग हो। उनीहरुको आफ्नै स्थान छ। हाम्रो पनि आफ्नो परम्परालाइ पछ्याउनु र जोगाउनु कर्तब्य हो।

प्रकाशित: Aug 21, 2023| 10:16 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्