मंगलबार, मंसिर २३, २०८२

किन गरिन्छ शनिदेवको पूजा ?

 |  शनिबार, भदौ २, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शनिबार, भदौ २, २०८०

हिन्दु धर्ममा सातबारकै एक महत्व छ। सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ। विशेष व्रत उपवासबाहेक साताको सबै बार बारअनुसार भगवानलाई पुजिन्छ।

National life

 त्यो भगवानको लागि विशेष व्रत राखेर पूजा गर्ने गरिन्छ। शनिबार शनिदेवको नराम्रो देष्टि नपरोस् शनि सधै प्रसन्न रहुन भनेर शनिदेवको पूजा गर्ने प्रचलन रहेको छ।

 यो दिन व्रतालुहरुले कालो वस्त्र लगाउने र रातको भोजनमा नुन नखाँदा शनि प्रशन्न हुन्छन् भन्ने मान्यता रहँदै आएको छ। मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ।

यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ। ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ।

शनिदेवको वर्त बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराहरुबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ।,शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ। यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन्।

Laxmi sunrise bank
kumari

मूर्ति रूपमा शनिको पुजा नगर्ने
शनि देवको पूजा गर्दा एउटा कुराको ध्यान राख्नु जरुरी छ, शनिदेवलाई आफ्नो मूर्तिमा पूजा गरेको मन पर्दैन। भन्ने पनि गरिन्छ शनिको आराधना सधैँ त्यो मंदिरमा मात्र गर्नुपर्दछ जहाँ शनिदेव शिलाको रूपमा विराजमान छन्। 

यसको अलावा शनिदेवको आराधना उनको प्रतीक मानिने शमी वा पीपलको वृक्षको पनि गर्नु पर्दछ। शनिदेवको पूजा शनिबार मात्र गर्नु पर्दछ।

पूजन विधि
शनिवार वा शनिको पूजा गर्दा यो कुराको ध्यान कि यस दिन पीपलको रुखको जरामा नै जल चढाऔं। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलमा भिजाएर बत्ति बालौं।

शनिको पूजा गर्नुभन्दा पहिले आफ्नो आचरण स्वच्छ राख्नु पर्दछ। यसको अलावा शनिवारको दिन बेलुका गरीबलाई भोजन गराउदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्य प्राप्त हुन्छ।

प्रकाशित: Aug 19, 2023| 19:07 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्