शुक्रबार, साउन २, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु, आठजना मृत फेला

 |  शनिबार, भदौ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

vianetvianet

काठमाडौं- देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। यसैगरी फरक फरक स्थानमा आठजना मृत फेला परेका छन्।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरस्थित सडकमा बा.१७ च ९६९ नम्बरको हात्ती गाडीको ठक्करबाट पैदलयात्री कास्की घर भई काठमाडौं कोटेश्वर बस्ने ७६ वर्षीय पदम नाथ त्रिपाठीको शुक्रबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पताल ग्वार्को ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङ, उर्लाबारी नगरपालिका-३ सोल्टी पुलमा को.१३ प ६१३० नम्बरको मोटरसाइकल मे.१ ख२४२३ नम्बरको बसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा  मोटरसाइकल चालक झापा कमल गाउँपालिका-१ बस्ने ४३ वर्षीय गोपाल प्रसाद पौडेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा  लिएको छ।

रूपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित सडकमा लु.७६ प ७२११ नम्बरको मोटरसाइकल र लु.७५ प ६९२० नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक तिलोत्तमा    नगरपालिका-६ पुरानो सडक बस्ने ५४ वर्षीय नबिन श्रीषको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मृत फेला
रूपन्देही, तिलोत्तमा नगरपालिका-२ स्थित हाल संचालनमा नरहेको बसको टिकट काट्ने काउण्टरभित्र बुटवल उपमहानगरपालिका-३ ज्योतिनगर बस्ने ६९ वर्षीय खगेन्द्र थापा मगर शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

झापा, अर्जुनधारा नगरपालिका-४ कार्की डाँडा बस्ने ४५ वर्षीय डिल्लिराम तामाङ आफ्नै घर छेउको खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ चौखेढुङगास्थित नालामा सोही नगरपालिका- १२ तल्लो बिरुवाबारी बस्ने ४५ वर्षीय राम बहादुर थापा शनिबार मृत अवस्थामा फेला परेका छन्।

दैलेख, भगवतीमाई गाउँपालिका-१ भेरी खोलाको किनारमा कैलाली बर्दगोरिया गाउँपालिका-४ छतिबन बस्ने ३१ वर्षीय वीर बहादुर कामी शनिबार मृत अवस्थामा फेला परेका छन्। जडीबुटी व्यापारको सिलसिलमा भगवतीमाई गाउँपालिका आएका उनी साउन २९ गतेदेखि सम्पर्क बिहीन भई खोजी गर्ने क्रममा शव फेला परेको हो।

कास्की, माछापुच्छ्रे गाउँपालिका-९ घर भई पोखरा महानगरपालिका-१५ फुलवारीस्थित छोरीको डेरामा बस्दै आएकी ७० वर्षीया आईत कुमारी कामी सोही  महानगरपालिका-१५ निर्मलटोलस्थित खहरे खोल्साको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१३ कमलपोखरीस्थित खेतको कुलोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

उदयपुर, त्रियुगा नगपालिका-१० बोक्सेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

मकवानपुर, भिमफेदी गाउँपालिका-८ स्थित बाग्मती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।

करेन्ट लागेर मृत्यु
सुर्खेत, गुर्भाकोट नगरपालिका-८ घारी मेहलकुना बस्ने २८ वर्षीय खगेन्द्र खड्काको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ। सोही नगरपालिका मेहलकुना बजारस्थित विद्युतको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

रूकुम (पूर्व), सिस्ने गाउँपालिका-८ खैवाङ बस्ने २३ वर्षीया प्रतिक्षा पुनको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ। आफ्नै घर सरसफाई गरी पोत्ने क्रममा विद्युत सर्ट  भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सल्ले रूकुम(पश्चिम)मा  उपचारको क्रममा मृत्यु भएको हो।

तेह्रथुम, म्याङलुङ नगरपालिका-३ नागदह बस्ने ८५ वर्षीया बाटुला देबी रसायलीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ।

डुबेर मृत्यु
कपिलवस्तु, शिवराज नगरपालिका-५ बुढ्डिहवा बस्ने ३५ वर्षीय राजु केवटको सोही ठाउँस्थित सडकको कल्बट छेउमा जमेको पानीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ।

बाँके, बैजनाथ गाउँपालिका-५ जि गाउँ बस्ने १२ वर्षीय बिबेक सुनारको सोही  ठाउँस्थित सिक्टा नहरमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ। नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: Aug 19, 2023| 17:34 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्