बुधबार, जेठ २७, २०८३

गाली गरेको रिसमा हत्या गरी शव झाडीमा फाल्ने दुईजना समातिए

 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

काठमाडौं- हत्या आरोपमा झापामा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–८ मुनियाँटोलका ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसान छन्।

National life

सोही ठाउँका ३५ वर्षीय सुन्दरलाल किसानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। गएको साउन ३२ गते बिहान प्रहरीले सुन्दरलालको शव फेला पारेको थियो। सोही टोलको सडक  नजिक झाडीमा बुट्यानले छोपेको अवस्थामा शव भेटिएको थियो।

अनुसन्धानका क्रममा हत्यामा रामजी र सुनरसीको संलग्नता देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूबीच झगडा भएको थियो। साउन ३१ गते साँझ मादक पदार्थ सेवन गरी एक्लै हिँडिरहेका सुन्दरलालले रामजी र सुनरसीलाई गालीगलौज गरेका थिए।

सोही कारण भएको झगडाका क्रममा फलामको खन्ती र सिक्कल प्रहार गरी उनको हत्या गरिएको थियो। त्यसपछि शव उक्त झाडीमा लगेर छोपिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

 

Shivam cement

प्रकाशित: Aug 19, 2023| 17:31 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्